२०७९ आश्विन २० बिहीबार

मलेसियामा काम गरेको तलब माग्ने ५ नेपालीलाई जब-र्जस्ति डिपोर्ट गरिदियो !

क्वालालम्पुर : मलेशियाको एक कम्पनीमा कार्यरत करिब आधा दर्जन बढी नेपाली सहित बाङ्लादेशी कामदार लाई कम्पनीले जबर्ज’स्ति स्वदेश फर्काई रहेको जानकारी प्राप्त भएको छ।

वगत महिना एनएसएल एस्ट’र्न प्रोटे’च एस.डि.एन बि.एच.डी कम्पनीले को’भि’ड-१९ को समस्या देखाउदै न्युनतम तलब काटेपछि करिब २०० नेपालि श्रमिकहरु आम हडतालमा उत्रीएका थिए।

आम हडताल पछि नेपाली राजदु’ताबासको समन्वयमा श्रमिकहरु काममा फर्किएका थिए। तर पुनः सम्झौता बि’रुद्ध तलब काटेपछि उनिहरु कम्पनीका प्रतिनिधि वि’रुद्ध उत्रिए पछि कम्पनी र कामदार बिच बिवाद सुरु भएको थियो।

कम्पनीमै कार्यरत नेपाली र बङ्गाली लाई कम्पनीले केहिदिन अघि मात्रै स्वदेश फर्काई दिएपछि रहस्य खुलेको हो। ५ नेपाली सहित बाङ्लादेशका २ नागरिक लाई कम्पनी बि’रुद्ध आ’न्दोलन गर्न उक्सा’हट गरेको आरो’पमा स्वदेश फर्काइएको छ।

नेपाल फर्काईएकाहरुमा चिरञ्जीवी नेपाल,नगेन्द्र चौधरी,राम कुमार खत्री,सुदिप सुबेदि रहेका छन। भने एक जनाको अवस्था अज्ञात रहेको बुझिएको छ। खत्रीको भने को’भिड-१९ सङ्क्र’म्ण देखिएकोले मलेसियामै छोडिएका छन।

समाचार श्रोतका अनुसार ३ नेपाली ८ बर्ष यता उक्त कम्पनीमा कार्यरत थिए। आफुहरुले पाउनु पर्ने हिसाब नदेखाई तलब बाटै टिकट खरिद गरि नेपाल फर्काइएको छ। यद्यपि स’म्झौता अनुसार रोजगारदाताले ३ बर्षे क’रार अवधी सके पश्चात् टिकट उपलब्ध गराउनुपर्ने प्राव’धान छ। -संदेसप्रबाह बाट

२०७८ मंसिर २०, सोमबार ११:०३ गते 1 Minute 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।