२०७९ आश्विन १० सोमबार

दिनहु काक्रा खानुको १२ अचम्मैको फाइदाहरु ।

स्वास्थ्य : दिनहु काँक्रो खानु धेरै लाभदाहि मानिन्छ । यसमा ९६ प्रतिशत पानि हुन्छ । काक्रा हामी तेतिकै खान सक्छौ भने यसलाई आ’चार बनाएर पानी खान सकिन्छ । कहिँ गर्मिमा हिनेर गलेको आवस्था छ भने काक्रा खादा निकै आनन्द महसुस हुन्छ ।

साथै काँक्रोका अन्य फाइदाहरु पनि छन् । काँक्रोको वनस्पति नाम कुकुमिस साटि’भस हो । यो कुकुर’विटासी परिवारमा पर्दछ । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन ।

यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ ।
काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ । मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ । यो धेरै जातका हुन्छन् ।

तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ । काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ । काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन् ।

पातको फेदबाट त्या’न्द्राहरू निस्कन्छन् । यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन् । यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ । साथै काँक्रोको पहिलो मुन्टा चुडि’दिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ ।

काँक्रोमा भिटामिन सी, पोटासि’यम, फो’लिक ए’सिड प्रसस्त मात्रामा पाइन्छ । यसबाहेक यसबाट कार्बोहा’इडे्रट, क्या’ल्सियम, फोस्फो’रस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ ।

काँक्रोका फाइदाहरु यस्ता छन् ।

१. काँक्रोमा पाइने तत्वहरुले क्या’न्सरसँग लड्न मद्दत गर्छन् ।
२. रक्त’चापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ ।
३. मुख र गिजालाई ताजा राख्न र गि’जाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ ।
४. यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ ।

५. काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौ’न्दर्यता बढाउँने खाद्यपदार्थ हो ।
६. काँक्रोले युरिक एसि’डको लेभललाई पनि घटाउँछ ।
७. यसले खराब कोले’स्टेरोल पनि घटाउन मद्दत गर्छ ।

८. काँक्रोको बोक्रामा नै म्याग्ने’सियम, पोटा’सियम र सिलिक’नजस्ता तत्व हुन्छन् । यसकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ ।
९. मिर्गौलाको पत्थरीको लागि यो निकै लाभकारी मानिन्छ ।

१०. काँक्रोमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा बृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ ।११. पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ ।

१२. काँक्रोको चानाले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ । मौसमी तथा बेमौसमी काँक्रो खेती बारे सम्पूर्ण जानकारी, जानिराखाैँ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

२०७८ मंसिर २१, मंगलवार ०४:५९ गते 1 Minute 631 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।