२०७९ आश्विन ११ मंगलवार

अष्ट्रेलियामा को’रोना कारण एकैदिन ६ जनाको मृ’त्यु !

सिड्नी : अष्ट्रेलियामा कोरोना कारण एकैदिन ६ जनाको मृत्यु भएको छ । कोरो’नाका कारण हालसम्म अष्ट्रेलियामा २०५६ जनाको ज्या’न गइसकेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १२८२ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । योसँगै सक्रिय कोरो’ना संक्र’मितको संख्या १९ हजार ९९८ पुगेको छ । जसमध्ये ११६ जनाको अवस्था ग’म्भीर रहेको छ ।

को’रोना सं’क्रमण निय’न्त्रणका लागि विभिन्न नियमहरु बनाउँदै आइरहेको छ । विस्तारै खुकुलो नियमहरु बनाएको अष्ट्रेलियाले कोरोना भ्या’क्सिन कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाउँदै आएको छ । -नेपाली पत्र

थप समाचार,
जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभा’वित !

अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमि’क्रोन भाइरसको सङ्क्र’मण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो ।

दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो तर सोमबार साँझदेखि लागू हुने गरी सबै प्रयोजनका लागि जापान जाने तयारीमा रहेकालाई रोक लगाइएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष पाण्डेले बताए ।

उनका अनुसार जापान सरकारको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलिया सरकारले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नभएको पाण्डेले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२०७८ मंसिर २१, मंगलवार १६:२६ गते 1 Minute 1075 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।