२०७९ आश्विन १२ बुधबार

अमेरिका जाँदै गरेका तुलसीपुरका युवकको पेरुमा मृ’त्यु !

एजेन्सी : अमेरिका जाँदै गरेका दाङका एक युवकको पेरुमा मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको नेपाली समय अनुसार सोमबार बेलुका ७ बजेतिर पेरुमा मृ’त्यु भएको पारिवारिक

स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। गैरका’नुनी रूपमा अमेरिका जाँदै गरेका बोहराको मृ’त्युबारे सँगै रहेका तुलसीपुर-४ रक्षाचौर र रुकुमपश्चिमका अर्का एक युवाले घरपरिवारलाई खबर दिएको मृ’तक साहिलका मामा सुमन घलेले बताए।

‘पेरुमा हिँडिरहेको समयमा एक्कासी मेरो छा’ती दु’ख्यो भनेर भान्जा साहिल ढलेको र त्यसपछि साथीहरूले अस्पताल पु¥र्‍याउनासाथ चिकित्सकले मृ’त घोष’णा गरेको भन्ने छ,’ घलेले भने, ‘अस्पतालका अनुसार साहिलको हृ’दय’घा’तका कारण मृ’त्यु भएको भन्ने खबर साथीहरूले दिएका छन्।’

भान्जाको मृत्युको तस्बिर सँगै रहेका उनका साथीहरूले आफूलाई पठाइदिएको घलेले बताए। सँगै हिँडिरहेका तीन नेपालीमध्ये साहिलको एकाएक मृ’त्युपछि अन्य दुई जना युवालाई पेरुको प्रह’रीले प’क्राउ गरेको घलेले जानकारी दिए।

‘भान्जाको श’व त्यहीँको अस्पतालमा थन्कि’एको छ,’ घलेले भने, ‘मैले सोमबार नै ब्राजिलको दूतावासमा पत्राचार गर्दै अपील गरेको छु।’ पेरूका चिकित्सकले आफूसँग सामाजिक सञ्जालको माध्यमबाट कुरा गर्न खोजेपछि उनीहरू स्पे’निस भाषा बोल्ने हुँदा दोहोरो सं’वाद गर्न कठिन भएको घलेले जानकारी दिए।

श’व कसरी नेपाल ल्याउने उपाएको खोजी भइरहेको र अहिलेसम्म कुनै उपाय फेला परिनसकेको उनले बताए।
साहिल परिवारका एक्ला छोरा हुन्। काका नाता पर्ने कृष्ण केसीले उनीहरूलाई दसैंअगाडि अमेरिका जान भनेर घरबाट हिँडाएको थाहा भएको छ।

‘साहिल मेरो सालीको छोरा हो,’ केसीले भने, ‘भतिजको मृ’त्युको खबरले घर परिवार र आफन्त शोकमा परेका छौं।’ केसीका अनुसार साहिलले झन्डै डेढ वर्ष पहिला मात्रै तुलसीपुर-६ बरुवागाउँबाट बिहे गरेका थिए।

पेरु तथा ब्राजिलमा नेपाली राजदू’तावास छैन। उनीहरू गैरका’नुनी रूपमा अमेरिका हिँडेको हुँदा श’व कसरी घरसम्म ल्याउने भनी तनाव सिर्जना भएको केसीले बताए। नारायण खड्का सेतोपाटी बाट

२०७८ मंसिर २२, बुधबार ०९:३२ गते 1 Minute 858 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।