२०७९ आश्विन १२ बुधबार

यूएई सातामा साढे ४ दिन मात्र काम लगाउने विश्वको पहिलो राष्ट्र बन्दै !

दुबई : युनाइटेड अरब इमिरेट्स (यूएई) कामको विषयमा विश्वव्यापी पाँच दिने सप्ताहको अन्त्य गर्दै साढे ४ दिन बनाउने घो’षणा गरेको छ। आगामी वर्षदेखि यूएईले यो व्यवस्थालाई तर्जुमा गर्न लागेको हो।

सातामा साढे चार दिन काम गर्ने परिपाटी लागू गरेपछि यूएई यस्तो व्यवस्था लागू गर्ने विश्वको पहिलो एक्लो राष्ट्र बन्ने छ।
उसले १ जनवरी २०२२ देखि लागू हुनेगरी सातामा साढे चार दिन काम गर्ने नयाँ परिपाटीको विकाश गर्न लागेको हो।

यो निर्णय संघीय सरकारी निकायमा लागू हुनेछ। प्रबास खबर मा खबर छ । नयाँ कानूनमा सोमबारदेखि बिहीबारसम्म काम गर्ने दिन बिहान ७ बजेर ३० मिनेटमा सुरु भएर साढे ३ बजे समाप्त हुनेछन्। शुक्रबार नमाज पढ्ने दिन भएका कारण बिहान साढे ७ बजे सुरु भएर १२ बजे सकिनेछ।

यस्तै यूएईका म’स्जिदले शुक्रबारको न’माज दिउँसो १ बजेर १५ मिनेटपछि प्रवचन दिनेछन्। सरकारी कर्म’चारीले शुक्रबार घरबाटै काम गर्ने व्यवस्था गर्न र काम गर्ने समय मिलाउन लचिलोपना अपनाइएको छ।

सरकारले जनताको कार्य(जीवन सन्तुलन र सामाजिक कल्याणलाई बढावा दिने प्रयास स्वरुप यो नियम लागू गर्न लागेको बताएको छ। यसले देशको आर्थिक प्रति’स्पर्धालाई अगाडि बढाउन पनि सहयोग गर्ने आशा गरिएको छ। -खालीज टाइम्स

२०७८ मंसिर २२, बुधबार ०९:४६ गते 1 Minute 544 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।