२०७९ आश्विन १५ शनिबार

यूएईमा साढे चार दिनकाे कार्य हप्ता ताेकियाे, अब शुक्रवार आधा दिनपछि बिदा ।

यूएईमा साढे चार दिनकाे कार्य हप्ता ताेकियाे, अब शुक्रवार आधा दिनपछि बिदा !

काठमाण्डाै : संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ । यसअघि पाँच दिनको कार्य हप्तामा भएकोमा अब शुक्रवार

आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ । विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ ।
साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि

लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ । कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ ।

शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ ।

कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ ।

२०७८ मंसिर २२, बुधबार १०:०१ गते 0 Minutes 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।