२०७९ आश्विन २० बिहीबार

कांग्रेस महाधिवेशन – पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा !

काठमाडाैं : बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटी’मण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पि’ठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् ।

महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे । तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मे’वारी र बाध्य’ताको पि’रलो देखिन्थ्यो ।

काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडाैं बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधि’वेशन स्थलको फोहोर उठाउन हुन् । उनले फाेहाेर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन् ।

‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ । म पाएसम्म ज्याला मज’दुुरी गर्थेँ, मेला जान्थेँ । अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाउँ भन्नुभयो । यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन् ।

सानी छोरीको हेर’चाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन् । गरिबी र जिम्मे’वारीको भारीले थिचेपछि पिठ्युुँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गा’ह्राे महसुस भने नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गा’ह्राे भएको छैन । काम गर्नै प¥र्‍याे । घरमा छोरी हेर्नेे मान्छे छैनन् । काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको ।’

देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन् । उनी काठमाडाैंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन् । दुई छोरीसहित देउलीको परिवारमा चारजना छन् । उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ ।

यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रो’त छैन् । उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ । म पनि मिलेसम्म गर्छु । यसैले घरख’र्च चलाइरहेका छौँ ।’ कांग्रेसको महाधि’वेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन् ।

तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन् । ‘आज बिहान ७ बजेदेखि आएको हो । बेलुका ५ बजेसम्म काम गर्छु । कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो । दिनको ६०० रुपैँया कमाइ हुन्छ । जम्माजम्मी तीन/चार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन् । -अश्विन दानी/न्यूज कारखाना

२०७८ मंसिर २४, शुक्रबार ०९:१४ गते 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।