२०७९ आश्विन १२ बुधबार

दुबईमा अल-पत्र परेका हाँडीखोलाका विक्रमलाई प्रवासी युवाले गरे उद्धार !

काठमाडौ : वैदेशिक रोजगारका क्रममा दुबईमा पुगी बिरा’मी भएर अल’पत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलाका विक्रम जिम्बालाई प्रवासमा रहेका युवाले उद्धा’र गरी नेपाल फर्काएका छन् ।

जापान, दुबई, कतार, साउदीलगायतका देशमा रहेका युवाले आर्थिक सहयोग जुटाएर जिम्बालाई बिहीबार नेपाल फर्काएका हुन् ।दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भई ढलेका थिए।

उनको उ’पचारको क्रममा पेटको अप्रे’शन भयो । साथै उनको उप’चार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उप’चार हुँदै गर्दा भिसा सकिएपछि उनी बेस’हारा बनेका थिए । अवै’धानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि जिम्बा अ’लपत्र अवस्थामा थिए ।

हाँडीखोला स्थायी निवासी अर्जुन सुनामले जिम्बाको ना’जुक अवस्थाबारे जापानमा रहेका श्रीराम रिजाललाई जानकारी गराए ।हाँडीखाला निवासी रिजालकै संयो’जकत्वमा जिम्बालाई

नेपाल फर्काउनको लागि आवश्यक रकम जोहो गर्ने अभियान सुरु भयो । करिब एक हप्ताको अवधिमा रिजालको नेतृ’त्वमा करिब एक लाख रुपैयाँ जुटाएर उनलाई नेपाल फर्काइएको हो ।

‘भाइको नेपालमा पनि कोही अभि’भावक रहेनछन् । उनी हाँडीखोलामा ठूलोबाको घरमा बस्ने रहेछन् । अ’लपत्र भएपछि पैसा खर्च गरेर उद्धा’र गरिदिने कोही नभएपछि हामीले पहल गरेर नेपाल फर्काउन सफल भयौं’ रिजालले भने ।

नेपाल फर्किसकेपछि पनि उनको थप उ’पचार गर्न आफूहरूले सहयोग जुटाउने उनले बताए । जिम्बालाई नेपाल झिकाउनको लागि साउदीमा रहेका विपिन न्यौपाने,जनक विष्ट, दीपक अर्याल, अर्जुन सुनाम, मिलन लामा,रमेश सुनाम, पर्शुराम ऊप्रेती लगाएतका युवाहरुले सहयोग गरेका थिए ।

दुबईमा रहेका देवेन्द्र सुवेदी र राम बावु रेग्मीले भौतिक उपस्थितिमै आवश्यक प्रक्रियाहरु मिलाएर सहयोग गरेका थिए । दुवईबाटै मनिष लुईटेल र अजय पुडा’सैनीले पनि आर्थिक सहयोग गरेका थिए । फेसबुक ग्रुप च्याटमा ‘विक्रम बचाउ अभियान’ सञ्चालन गरी श्रीराम रिजालको संयोजकत्वमा

रकम संकलन सुरु गरिएको थियो । नेपाल फर्किएका जिम्बालाई उनकी दिदी समृद्धि लामाको जिम्मा लगाइएको छ । उनको थप उपचारको लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी ह’स्पिटलका सिनियर अहेब ज्यो’तिराज लुइटेल लगायतको टिमले पहल गरिरहेका छन् । -फरक धार

२०७८ मंसिर २४, शुक्रबार २१:४६ गते 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।