२०७९ आश्विन ११ मंगलवार

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत !

दोहा : कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्।

बुधवार अबेर साउदी युवराज २०१७ मा शुरु भएको दुई देशहरूबीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा कतार आइपुगेका छन्।‘हामीले पर्शियन खाडी

क्षेत्रमा सुरक्षा र स्थिरता बढाउने हाम्रो साझा इच्छालाई पुष्टि गरेका छौं, कतारी अमिरले बुधबार आफ्नो ट्वि’टर पेजमा लेखेका छन्। २०१७ मा यूएईमा, साउदी अरेबिया, बहराइन र इजिप्टले कतारलाई हस्तक्षेप र आतं’कवादलाई प्रायोजित

गरेको आ’रोप लगाउँदै कूट’नीतिक सम्बन्ध तोडेका थिए। पछि कतिपय देशले पनि त्यस्तै गरे भने अरूले दोहासँगको कूट’नीतिक सम्बन्धलाई घटाएर देशमा पूर्ण नाकाब’न्दी लगाएका थिए।

दोहाले भने ती आ’रोपहरूलाई अस्वी’कार गर्दै आएको छ । आफ्नो आर्थिक सफलतासँग छिमेकीहरूको अ’सन्तुष्टि उनीहरूको शत्रु’तापूर्ण नीतिहरूको पछाडि थियो भन्ने कतारको बुझाइ छ।

जनवरीमा साउदीले आयोजना गरेको गल्फ कोअ’परेशन काउन्सिलको ४१ औं शिखर सम्मेलनले खाडी देशहरूबीच एकता पुनर्स्थापना गर्ने घोषणा गरेपछि यो गतिरोध हटेको हो।-प्रवास खवर बाट

२०७८ मंसिर २५, शनिबार ०१:३१ गते 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।