२०७९ आश्विन २० बिहीबार

मलेसियामा १५ सय रिंगेट मासिक तलबको माग गर्दै मजदुर आन्दो’लन सुरु !

क्वालालम्पुर : सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका छन् ।

तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियन ट्रेड युनियन कांग्रेसका महासचिव कामारूल बहारिन मन्सु’रले बढ्दो महंगीले मजदुरको जीवन सञ्चालनमा संकट उत्पन्न भएको भन्दै तलब तथा भत्ता बढ्नुपर्ने बताए ।

मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर कोरोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन । मलेसियन ट्रेड युनियन कांग्रेसले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत राष्ट्रिय श्रम

सल्लाहकार परिषद्मा सरकार, रोजगारदाता र कर्मचारीबीच म’जदुरको तलब सुविधा बढाउने विषयमा त्रिपक्षीय छलफल हुनुपर्ने माग गरेको छ । मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् । -चिया गफ

२०७८ मंसिर २५, शनिबार १४:०८ गते 1 Minute 503 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।