२०७९ आश्विन १२ बुधबार

अमेरिकालाई चीनकाे चेता-वनी – शीतकालीन ओलम्पिक बहि’ष्कार गरे मूल्य चुकाउनु पर्नेछ ।

काठमाण्डाै : अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतका’लीन ओलम्पिकलाई कुटनीतक रूपमा बहि’ष्कार गर्ने घोष’णापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोष’णालाई ष’ड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।

चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्ष’ति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबा’हीको चेताव’नी दिएको छ ।

अमेरिका केवल बेइजिङ शीत’कालीन ओलम्पिकमा बाधा पुर्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनि’धिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदाे वर्ष बेइजिङमा हुन लागेको शीत’कालीन ओल’म्पिकको कुटनीतिक बहि’ष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओल’म्पिकको उत्सवमा योगदान नगर्ने प्र’स्ट पार्नुभएको छ । -एजेन्सि

२०७८ मंसिर २५, शनिबार १६:०६ गते 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।