२०७९ आश्विन २० बिहीबार

रोजगारीमा कोरिया जान थप खर्च बढ्यो, होटेल क्वारे’नटिन किन महँगो ?

काठमाडौं : स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बे’होर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागू गर्न झन् कठिन हुन थालेको छ।

जितुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटेल क्वा’रेनटिन खर्चसमेत बेहो’र्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटेल क्वा’रेनटिन खर्च बेहोर्नु पर्ने

भएपछि बिहीबार नेपाल राष्ट्र बैङ्कले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। जबकि अन्य गन्तव्य मुलुकमा जाने श्रमिकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउँछन्।

को’भिड–१९ का कारण क्वारे’नटिन खर्चबापत थप व्यवस्था गर्नुपर्ने ब्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार एक हजार पाँच सय अमेरिकी डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सट’ही सुविधा उपलब्ध गराउन केन्द्रीय बैङ्कको निर्देशनमा भनिएको छ।

२०७८ मंसिर २५, शनिबार १८:४८ गते 1 Minute 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।