२०७९ आश्विन १२ बुधबार

मलेसियाको यस्ता कम्पनीमा मात्रै नेपाली जान पाउने !

काठमाडौ : मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ।
नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्यु’रिटी अर्गना’इजेसन) बीच नेपाली

श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दाय’राभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्या’न्वयनको तयारी सुरू भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। मलेसियाको सोसल सेक्युरिटी अर्गना’इजेसन (सोक्सो) सँग थप छलफल गरिने र छलफलपछि सामाजिक सुरक्षा व्यवस्था भएका

कम्पनीमा मात्रै नेपाली श्रमिक पठाइने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। ‘अब विस्तारै सामाजिक सुरक्षाको व्यवस्था छ/छैन बुझेर मात्रै दूता’वासले कम्पनीको मागपत्र प्रमाणीकरण गर्छ। यसो हुँदा मलेसियामा क्रमशः सम्पूर्ण नेपाली श्रमिक सामाजिक सुरक्षाको दा’यरामा समेटिने छन्,’ कार्यकारी निर्देशक श्रेष्ठले सेतोपाटीसँग भने।

मलेसिया सरकारले १ जनवरी, २०१९ देखि सम्पूर्ण आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम घो’षणा गरेको थियो। १ जनवरी, २०२० देखि यो कार्यक्रम कार्यान्व’यनमा समेत आइसकेको छ।

कार्यक्रम कार्यान्वयनका लागि नेपालका तर्फबाट बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ र मलेसियाका तर्फबाट सोक्सो प्रमुख कार्यकारी अधिकृत (सिइओ) दातो डा. मोहम्मद अज्मान विन दा’तो अजिज मोहम्मदले सम्झौतामा हस्ताक्षर गरेका थिए। कोरोना महामारी भएकाले कार्यकारी श्रेष्ठले नेपालमै रहेर गत फागुन ४ गते र सोक्सो सिइओ दातोले फागुन १४ गते मलेसियामै रहेर हस्ताक्षर गरेका थिए।

सम्झौता भए पनि कोरो’नाका कारण तत्काल नेपालीहरू सोक्सोमा समेट्न नसकिएको बताइएको छ। बोर्डका अनुसार सोक्सोमा आ’बद्ध भइसकेपछि श्रमिकको आधारभूत पारिश्रमिकको १.२५ प्रतिशत बराबर रकम प्रत्येक महिना रोजगारदाताले आफ्नो तर्फबाट सोक्सो कोषमा जम्मा गरिदिने व्यवस्था छ।

श्रमिक सूचिकृत भएपछि करार अवधिभित्र कार्यस्थल दुर्घटनामा परेमा, अंगभंग भएमा तथा बिरामी भए उप’चार व्यवस्था सोक्सोले गरिदिन्छ। सोक्सोमा आबद्ध आप्रवासी श्रमिकले ‘इम्प्लो’इमेन्ट इन्जु’री स्किम फर फरेन वर्कर्स’ योजना अन्तर्गत सामेल हुन पाउँछन्। योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घ’टना वा कार्यस्थलका कारण कुनै रोग लागे सोवापत तोकिएको क्ष’तिपू’र्ति उपलब्ध गराइन्छ।

यो योजनामार्फत स्वास्थ्य, अस्थायी तथा स्थायी अक्षमता र आश्रित सुविधा, निरन्तर उपस्थित भत्ता, अन्त्येष्टि खर्च तथा पु’नर्स्थापना सुविधा व्यवस्था छ। उल्लेखित सुविधा कतिपय श्रमिक आफैं तथा श्रमिकका परिवार वा रोजगारदातालाई उपलब्ध हुनेछ।श्रमिकका हकवालालाई सुविधा उपलब्ध गराउन सोक्सोले परिवारको लगत अद्याव’धिक गर्ने काम गरिरहेको छ।

२०७८ मंसिर २६, आईतवार १०:४३ गते 1 Minute 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।