२०७९ आश्विन ११ मंगलवार

नेपालमा अ-वैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन !

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवै’ध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस प’क्राउ गर्दै आएको छ ।

सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अ’वैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अ’वैध रूपमा काठमाडौँ

ल्याएको ९०५ ग्राम अ’र्धठोस सुनसहित पक्रा’उ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि प’क्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि श’ङ्कास्पद देखिएपछि नि’यन्त्रणमा लिई

परीक्ष’णको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर

इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्रा’उ गरी कारवाही थालिएको छ ।यसैगरी ज’जिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार

छली अ’वैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्रा’उ गरेको प्रहरीले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा

उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुस,न्धान एवं कार,बाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७८ मंसिर २६, आईतवार १७:१३ गते 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।