२०७९ आश्विन २० बिहीबार

एमसीसी संसद्को कार्यसूचीमा राखिँदै !

काठमाडौँ : अमेरिकन सहयोग मिलिनिअम च्याले’न्ज कर्पो’रेसन (एमसीसी) लाई आगामी संसद् प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवे’शनमा दर्ता भएको

एमसीसीलाई नवौं अधिवेशनमा आएर पा’रित गर्न खोजे पनि पारित हुन सकेन। दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञातरअज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट

जारी गरिएका छवटा अध्या’देश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसीसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ। सरकारको तयारीका कारण संसद्ले यसबारे कार्यसूची तयारी अवस्थामा राखेको छ।
स्रोतका अनुसार सरकारले एमसीसीलाई संसद्मा प्रस्तुत

गरेपछि कसरी अघि बढाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने देखिएको स्रोतले बतायो। ‘सो दिन एमसीसी संसद्मा प्रस्तुत हुनेछ, त्यही बमो’जिम कार्यसूची बनाउन लगाइएकोे छ,’ स्रोतले भन्यो।

सरकारका एकजना मन्त्रीका अनुसार संसद्को अधिवेशन मुख्य गरी एमसीसी पारित गर्ने उद्देश्यले बोलाएकाले संसद्मा पहिलो दिनै छुट्टाछुट्टै बैठक बसेर भए पनि एमसीसी पारित गर्ने तयारी भएको दा’बी गरेका छन्। तर स्रोतका अनुसार एमसीसी तत्कालै पारित नभए पनि प्रस्तुत भने अवश्य गरिने छ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु’को नेपाल भ्रमणपछि पनि सत्तारूढ गठबन्धनले यसबारे निर्णय गर्न भने सकेको भने छैन। अमेरिकी सहायक विदेश मन्त्री डोलाल्ड लुले मंसिर २८ गतेभित्र एमसीसी

पारित नगरे फिर्ता लैजाने जानकारी प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दल’लाई गराइसकेका छन्। जसबाट सत्तारूढ दललाई यसको द’बाब परिरहेको छ। यसबाट पनि संसद् अधिवेशनमा एमसीसीको प्रक्रिया अघि बढ्ने अवस्था देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि अघि बढाउने तयारीमा रहेका छन्। -नागरिक दैनिक बाट

२०७८ मंसिर २७, सोमबार ०५:४४ गते 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।