२०७९ आश्विन १० सोमबार

साउदीकाे जागिर छाडेर टर्कीपालनमा, मासिक डेढ लाख आम्दानी !

गोरखा : गोरखाको पालुङटारमा टर्की’पालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अ’रबको अल्म’राई कम्प’नीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल

फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । कम्पनीमा नौ हजार ५०० रि’यल अर्थात् नेपाली झण्डै तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन् ।

‘मैले अल्मराई कम्प’नीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ’, उनले भने ।

सुरुआती चरणमा ७० लाख लगानी गरेर ट’र्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक एक लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले एकपटकमा एक हजार ट’र्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् ।

केही समय पहिले ९०० टर्कीपालन गरेका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् । लुइँटेलले पालन गरेका टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ ।

‘हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा ट’र्की बिक्री हुँदै आएको छ’, उनले भने । डेढ वर्षदेखि ट’र्कीपालन गर्दै आएका उनले एउटा टर्की १५ किलोसम्म बनाएका छन् । उनले टर्कीको मासु एक किलोको एक हजारमा बिक्री वितरण गर्दै आएको बताए ।

टर्की’पालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत दिएका छन् । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो । श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवन

आफै गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पुर्‍याउँछन् । ‘परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ’, उनले भने । -इकागज बाट

२०७८ मंसिर २७, सोमबार १०:४१ गते 1 Minute 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।