२०७९ आश्विन २० बिहीबार

काठमाडौँ-बहराइन सिधा उडान गर्नेबारे छलफल !

काठमाडाैँ : बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच

काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ । बिएसी भवनमा आज भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ-मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा

छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताउनुभएको राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

थप समाचार, दोहा, कतार : कतारमा रहेका गैरकानूनी हैसियतका कामदारहरुलाई कतार सरकारले वैधानिक बन्न दिएको सुविधाको बढी भन्दा बढी सदु’पयोग गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाली राजदूतावास कतार तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उक्त जोड दिइएको हो । दूतावास र संघको संयुक्त आयोजनमा अवैधा’निक आप्रवासीहरूलाई वै’ध हुनका लागि कतार सरकारले लागू गरेको नयाँ व्यवस्था सम्बन्धी सचे’तनामूलक कार्यक्रम शुक्रबार भएको थियो ।

कतार सरकारले विभिन्न कारणले अवैध बनेका आप्रवासीको लागि वैध बनेर काम गर्न या आफ्नो देश फिर्ता हुनका लागि विभिन्न छुटसहितको सुविधा यही डिसेम्बर ३१ सम्मको लागि प्रदान गरेकोले नेपाली समुदायलाई उक्त जानकारी दिन सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले कतार सरकारले आप्रवासीको लागी प्रदान गरेको सुविधा प्रयोग गरी आफूलाई वै’ध बनाई यही काम गर्ने वा स्वदेश फिर्ता हुने अवसर रोज्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका थिए ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न अफवाह आएको प्रति लक्षित गर्दे खनालले आधिकारिक कुराहरू दूतावासमार्फत प्रवाह हुने हुँदा भ्रममा नपर्न आग्रह समेत गरे ।
उनले कतारमा रहेका अधिकाश नेपाली सामाजिक सञ्जालको पहुँचमा पुगेको भन्दै दूतावासले सेवा’ग्राहीको सुविधाको लागि फेसबुक पेजमार्फत विभिन्न सूचना सम्प्रे’षण गर्ने हुँदा त्यहाँ जोडिएर आधिकारिक जानकारी लिन आग्रह गरे ।

कार्यक्रममा नेपाली राजदूतावासका काउन्सिलर श्रम कृष्ण प्रसाद खनाल र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतार सरकारले अवैध आप्रवासीलाई वै’ध हुन पाउने गरी लागू गरेको नयाँ व्यवस्था बारेमा जानकारी गराएका थिए । भौतिक तथा भर्चुअलरूपमा गरिएको कार्यक्रमको विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

सो क्रममा प्राप्त प्रश्न तथा जिज्ञासाको काउन्सिलर श्रम खनाल, प्रथम सचिव अनु खनाल, द्वितीय सचिव भुवन भट्ट, एनआरएन कतारका अध्यक्ष मुसलमानले सहजीकरण गरेका थिए l एनआरएनए एनसीसी कतारका अध्यक्ष मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्विकीय उपाध्यक्ष प्रेम चलाउने र सञ्चालन महासचिव पदम गिरीले गरेका थिए ।

.

२०७८ मंसिर २७, सोमबार १०:५६ गते 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।