२०७९ आश्विन २० बिहीबार

मन्त्री शर्मा भन्नुहुन्छ : शेयर बजार मन्त्रीले घटाउने/बढाउने भन्ने हुँदैन, लगानीकर्ता ढुक्क हुनुहाेस् ।

काठमाण्डाै : अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताउनुभएकाे छ ।

आज सोमवार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने भन्दै उहाँले त्यसको कारण नियमनकारी निकायलाई

मात्र थाहा हुने बताउनुभयो । उहाँले मन्त्रालयले बजारमा अनिय’मितता गर्नेविरु’द्ध छानबिन गरेर कारबा’हीसमेत गरिसकेको भन्नुहुँदै मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको स्पष्ट पार्नुभयो । शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल

भइसकेको र त्यसतर्फ काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय ग’म्भीर रूपमा लागेको मन्त्री

शर्माले बताउनुभयो । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उहाँले आश्वस्त पार्नुभयो । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउनुहुँदै उहाँले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । ‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’,

मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गर्नुभयो, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’ -उज्यालो

२०७८ मंसिर २८, मंगलवार १०:१६ गते 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।