२०७८ माघ ११ मंगलवार

देउवालाई समर्थन गरे बापत सिंहले तत्काल उपप्रधानमन्त्री पाउने !

काठमाडौँ : कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्।
दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई

समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ। दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि उनको जित सुनिश्चित जस्तै भएको छ। सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार देउवाले २२५८ मत प्राप्त गरेका हुन्। खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको व्यवस्था छ। सोमबार भएको निर्वाचनमा ४६७९ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक थियो। त्यस्तै नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि सभापतिका लागि

शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। उनले आफू नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भएकाले सिंह उभिएको ठाउँमा आफू पनि उभिने बताए। यसअघि मंगलबार बिहान देउवासँगको भेटमा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।

शर्माले अब नेतृत्व चयनमा सर्वसम्मति गर्न सके राम्रो हुने पनि बताएका छन्। ‘सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ।

पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो’, शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।’ कांग्रेस सभापतिका लागि सोमबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा अब दोस्रो चरणमा निर्वाचन हुने भएको छ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए।
उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए। सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण

गुरुङले २० मत पाए। विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। कांग्रेसको निर्वाचन समितिले दिउँसो साढे ३ देखि बेलुका साढे ७ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ।

२०७८ मंसिर २८, मंगलवार २१:५७ गते 1 Minute 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार