
धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकी’कृत नमुना बस्ती चि’रिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्।
ढोका पनि प्ला\स्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठ’क्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्।
घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनु’रोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे। भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो।
बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ। भू’कम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्ता’न्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ। सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर आफैंले बनाएका छन्।
भन्न त हामीले हस्ता’न्तरण नगरेसम्म यो झ्यालढोका नफाल्नू भनेका थिए। तर, मैले नै हो सबैभन्दा पहिले फालेको’, साविक लाप्राक गाविसका पूर्वउपाध्यक्ष बिसबहादुर गुरुङले भने, ‘जस्ता पनि यति कच्ची छ कि, वडाध्यक्षको घरको जस्ता पनि प्वाल परिसक्यो। अरू ३०–३५ वटा घरका जस्ता प्वाल परेका छन्।’
एनआरएनएको भर पर्दा स्थानीयले अरू धेरै अवसर गु’माउनुपरेको उनले बताए। ‘गुप्सीमा सात बेडको अस्पताल बनाउन एउटा संस्थाले बल गरेको थियो। आफूले काम गरेको ठाउँमा अरू संस्थाले काम गर्न नपाउने भनेर एनआरएनएले छिर्नै दिएन’, उनले भने, ‘अहिले घरको न घा’टको भयो। न संस्थाले बनाउन पायो न त एनआरएनएले बनायो।
शौ’चालय आ–आफैँ बनाऊ, पैसा दिन्छु भनेको थियो, दिएन। घरमा प्रयोग भएको काठको १२ हजार सात सय रुपैयाँका दरले दिन्छु भनेको थियो, त्यो पनि अत्तोपत्तो छैन।’समन्वय र सह’कार्य नै नगर्ने भन्दै स्थानीय रु’ष्ट भएका छन्। ‘चार–पाँचवटा हेलिक’प्टरमा सररर आउँछन्, जान्छन्।
हामीसँग सम्बन्ध, समन्वय केही हुँदैन। हामीले बोलेको कुरा पानीमा लठ्ठी हानेजस्तो हो, कुनै नि’ष्कर्ष आउँदैन’, उनले भने। बस्तीभित्र ढल, नाली, बाटो, आँगन केही पनि नबनेको स्थानीयको गुनासो छ। ‘
पहिले राम्रो राम्रो कुरा गरेका थिए। अहिले अधुरो घर दिन लागेका छन्’, स्थानीय दम्नी गुरुङले भनिन्, ‘झ्यालढोका फेर्नुपर्छ, भ¥र्याङ हाल्नुपर्छ, सिमेन्ट प्ला’स्टर गर्नुपर्छ’, उनले भनिन्, ‘छानाको जस्ता फेर्नुपर्छ, तलामा फलेक हाल्नुपर्छ।’ एनआरएनएले अधुरो काम गरेको भन्दै उनले गुनासो गरिन्।
गुप्सीमा ल्याएको खानेपानी आयोजना पनि बिग्रिएको छ। ‘केयर नेपालले १४ किमि टाढाबाट खानेपानीको योजना ल्याएको थियो। तर, अहिले सयभन्दा धेरै ठाउँमा टुटफुट भएको छ’, पूर्व गाविसअध्यक्ष गुरुङले भने, ‘हामीलाई त यो बस्ती नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाउको अनुहारजस्तो भएको छ। नयाँ बाटो बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।