
काठमाडौं : क्रिकेट कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाइएपछि पूर्वकप्तान पारस खड्काले कार’बाही गरिएका खेलाडीप्रति क्रिकेट संघले अप’मानित व्यवहार गरेको आ’रोप लगाएका छन्।
‘हामी आफ्ना क्रिकेट खेलाडीहरुको समर्थनमा छौँ,’ पारसले भनेका छन्। उनले थपेका छन्, ‘उनीहरुप्रति नराम्रो व्य’वहार गरिएको छ, उनीहरुप्रति न्या’य हुनैपर्छ।’ उनले क्रिकेट संघले आफ्नो निर्णय सच्याउने आशा पनि लिएका छन्।
आगामी दिनमा नेपाली क्रिकेटको ओडीआई स्टाटस कायम राख्न र फेब्रुअरीमा हुने टी ट्वान्टी वर्ल्ड कप क्वालिफायरको तयारीमा खेलाडीलाई के’न्द्रित गराउन पनि निर्णय फिर्ता लिनुपर्ने उनले बताएका छन्।
थप समाचार ; राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र र संकटाले बराबरी खेलेका छन् । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
खेलमा आक्रमक देखिएका दुवै टिमले गोल निकाल्न भने सकेनन् । बराबरीसँगै शीर्ष स्थानको मछिन्द्रले तालिकामा ११ अंक जोडेको छ र दोस्रो स्थानको मनाङसँग एक अंकको अग्रता लिएको छ ।
संकटा ९ अंक जोड्दै शीर्ष चारमा उक्लिएको छ । यसअघि शुक्रबार नै भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।
खेलमा भने आर्मीले सुरुआती अग्रता लिएको थियो । आर्मीले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए ।
सातदोेबाटोका मार्टिन्स अजायीले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै आर्मीको ५ खेलबाट ९ अंक भएको छ भने सातदोबाटोले ८ अंक जोडेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।