२०७९ आश्विन २० बिहीबार

विदेशी शिक्षाको नाममा मुलुकबाट ३ वर्षमा १ खर्ब रकम बाहिरियो !

विदेशी शिक्षाको नाममा मुलुकबाट ३ वर्षमा १ खर्ब रकम बाहिरियो !

काठमाडौँ : अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण

पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन् ।

यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५ ७६ मा सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ । सो आर्थिक वर्षमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए । -याे खबर आजको नागरिक दैनिकमा छ ।

२०७८ पुष ३, शनिबार १३:०२ गते 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।