२०७९ आश्विन १५ शनिबार

मलेसिया सहित पाँच देशका ६५ रोजगारदाता कम्पनी कालोसूचीमा !

काठमाडौं : दुई वर्ष अघिदेखि विश्वका हरेक क्षेत्रमा महामा’रीले असर गरे तापनि पछिल्लो समय भने अधिकांश देशहरूमा यसको प्र’भाव कम हुँदै गएको छ । जसले गर्दा हरेक देशले को’रोना भाइ’रसको अवस्था हेरी यातायात,

बजारलगायत क्षेत्रहरूमा चहलपहल बढेको छ । लामो समय ठप्प रहेको रोजगारी क्षेत्र पनि खुल्दै जान थालेको छ ।
हाल वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या पनि बढ्दै गएको छ । र, श्रम गन्तव्य मुलुक जाने क्रममा धेरै युवाहरू म्यानपावर, एजेन्ट आदिबाट ठ’गिन पनि थालेका छन् ।

तिनै ठ’गीमा परेका दर्जनौँ युवाहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा आजभोलि दिनकै भेटिन थालेका छन् ।
रोजगारदाता कम्पनीले सम्झौताअनुसार तलब सेवासुविधा नपाएर विदेशमा दुःख भोग्नुपरेको भन्दै विभागमा उजुरी लेखाउन पुग्नुभएका एक युवाले विदेश गएको लागतसमेत तिर्न नसकेर बिजोग भएको हिमालय टाइम्ससँग बताउनुभयो ।

पत्रिकामा आफ्नो नाम नलेख्न शर्त गर्दै उहाँले भन्नुभयो, ‘म्यानपावरले दुबई जानका लागि एक लाख ३० हजार लिएको थियो । दुबई पुगेर दुःख पाएर बल्लबल्ल नेपाल फर्किएँ । लागत पैसा म्यानपावरसँग फिर्ता माग्दा नदिएकाले यहाँ उजुरी दिन आएको ।’

वैदेशिक रोजगारीको नाममा ठगिने उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता धेरै युवा कोही विदेश गएर पीडित बनेका छन् भने कोही नेपालकै म्यानपावर वा एजेन्टलाई पैसा बुझाएपछि ठ’गिएका छन् ।

विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार पछिल्लो समय रोजगारीको खोजीमा विदेशिएका युवाहरूले समस्या भोग्दै आएका छन् । उहाँले उजुरीका आधारमा अनु’सन्धान गरी पी’डकलाई का’रबाही गरिने बताउनुभयो । महानिर्देशक काफ्लेले सरकारले कालोसूचीमा राखेका रोजगारदाता कम्पनीमा पुनः कामदार पठाउने म्यानपावरको निगरानी गरी कार’बाही गरिने बताउनुभएको छ ।

साथै, उहाँले त्यस्ता कम्पनीमा जाने श्रमिकलाई पनि चनाखो हुन आग्र’हसमेत गर्नुभयो । सरकारले नेपाली श्रमिक जाने गन्तव्य मुलुक मलेसिया, कतार, युएई, साउदी अरेबिया, माल्दिभ्सका ६५ वटा रोजगारदाता कम्पनी र नेपालका तीन सय म्यानपावर कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राखिएका ६५ कम्पनीमध्ये सबैभन्दा बढी मलेसियाका कम्पनी छन् । मलेसियाको विभिन्न ठाउँमा रहेका कम्पनी र शाखा गरी ५२ वटा कम्पनीमा काम गर्न नजानु भनेर कालोसूचीमा सूचीकृत गरेको छ । त्यस्तै, साउदी अरेबियास्थित पाँच, कतारस्थित चार, युएईस्थित तीन र माल्दिभ्सस्थित एक कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

त्यसैगरी, सरकारले प्रति’बन्ध लगाएको कम्पनीमा श्रमिक पठाएको, श्रमिकबाट तोकेभन्दा बढी पैसा असुलेको र श्रमिकले सम्झौताअनुसार कम्पनीबाट तलब सेवासुविधा नपाएर दु्ःख पाएको पीडक म्यानपावर कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । तर, विभागमा उ’जुरी लेखाउन पुगेका कतिपय पी’डितहरू तिनै का’लोसूचीमा परेका म्यानपावरबाट ठ’गिइराखेका छन् ।

२०७८ पुष ४, आईतवार १८:३१ गते 1 Minute 791 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।