२०७९ आश्विन १२ बुधबार

मलेसियामा अवैधा’निकको लागि डिसेम्बरसम्म रिहाईरिङ र घरफिर्ती कार्यक्रमको म्याद थप !

क्वालालम्पुर : मलेसिया सरकारले आफ्नो देशमा अवैधा’निक हैसियतमा कार्यरत रहनु भएका विदेशी श्रमिकको लागि सञ्चालानमा ल्याएको रिक्यालि’ब्रेसन कार्यक्रम अर्थात रि’हाईरिङ र घरफिर्ती कार्यक्रमको अवधी थप गरेको छ।

मलेसिया सरकारले उक्त घरफिर्ती र भिसा लगाउन मिल्ने रिहाई’रिङ कार्यक्रम गएको महिना जुन ३० तारिखसम्मलाई मात्रै तोकेको थियो , तर सो को अवधी बढाएर अब यस् बर्ष सन् २०२१ को अन्तिम महिना डिसेम्बर सम्मको लागि थप गरेको एक बिज्ञप्ति सार्वजनिक गर्दै जनाइएको हो।

कोरो’ना माहामा’रीको कारण मलेसियन अध्यागमन बिभाग (इमि’ग्रेशन) को कार्यालय,काउन्टर बन्द रहेता पनि अनलाईन एसटिओ प्रणाली मार्फत सो कार्यक्रम सम्बन्धि सुविधा लिन सकिने मलेसिया स्थित नेपाली दूतावासले बताउनु भएको छ।

जानकारी अनुसार मलेसियामा सञ्चालनमा रहेको रिहाई’रिङ र घरफिर्ती कार्यक्रमको अवधी थप गर्नुपर्छ भनेर मलेसिया स्थित नेपाली दूतावासको साथसाथै अन्य विभिन्न अन्तर्राष्ट्रिय देशको दूतावासले समेत मलेसिया सरकार र सम्बन्धि’त निकायलाई अनुरोध गरेको थियो।

मलेसियन सरकारले सार्वजनिक गरेको डाटा अनुसार पछिल्लो समय मलेसियामा रिहाईरिङ कार्यक्रम मार्फत पुनः भिसा लगाएर मलेसियामै बस्न र काम गर्नको लागि झन्डै २ लाख भन्दा बढि विदेशी श्रमिकहरुले आवेदन दर्ता गरेको छ, भने विभिन्न देशको गरेर करिब १ लाख बढि अवैधा’निक श्रमिक स्वदेश फर्किसकेको छ, भने कतिपय त अझैपनि फर्किने प्रक्रियामै रहेको जनाएको छ।

मलेसियामा अझैपनि इन्डो’नेसिया , बाङ्लादेश , भारत , म्यानमार , भियतनाम , नेपाल लगायतको देशको धेरैको सङ्ख्यामक अवैधानिक विदेशी श्रमिकहरु अवैधानिक हैसियतमै लुकिछिपी कार्यरत रहेको मलेसिया सरकारको दावी रहेको छ। यस् मौकाको फाईदा नउठाउने र अटेर गर्ने विदेशी अवैधानिक श्रमिकहरुलाई चेता’वनी दिदैँ प’क्राउ गरेर जेल चलान,डिपोर्ट गरिने समेत जनाएको छ।

यता मलेसिया स्थित नेपाली दूतावासले अवै’धानिक हैसियतमा कार्यरत सम्पुर्ण नेपालीहरुमा यस् मौकाको फाईदा उठाई आउदो डिसेम्बर महिना भित्रमा कि त स्वदेश फर्किनुस कि यतै वैधा’निक (लिगल) भएर,बनेर बस्नुछ्, भनेर सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नुभएको छ। -जागृती खबर

२०७८ पुष ४, आईतवार १८:४० गते 1 Minute 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।