२०७९ मंसिर २३ शुक्रबार

बोर्डरमा नेपालको काँडेतार, भारतीय गाडीहरु आउन पाएनन !

जनकपुरधाम : नेपाल सरकारले भारतसितको (नेपाल-भारत बोर्डर) स्थलनाकाहरु खोलिने निर्णय गरेपनि भारतीय यात्रुवाहक सवारी साधन आउन सकेको छैन् ।

नेपाल तर्फको नाकामा काँडे तार ओछ्याइएकोछ । मालवाहक सवारी साधनलाई नेपाल भित्रिन दिएपनि यात्रुवाहक सवारी साधनको प्रवेश खुल्ला गरिएको छैन् । तीन दिन भित्रको पीसीआर निगेटिव रिर्पोट पेस गर्नुपर्ने प्रावधान राखिएपछि

भारतीय पक्षपनि मौन बनेकोछ । भारतीय यात्रुवाहक सवारी साधन नेपाल छिर्न नपाएपनि सास्ती भोग्दै पैदल नै यात्रुहरु सीमा क्षेत्रमा ओहोरदोहर गरिरहेका छन् ।

एक किलोमिटर सम्म लामो खेतको बाटोहरुबाट मानिसहरु भारी समान बोकेर जान बाध्य छन् । हुनत सीमावर्ती क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको स्वच्छता अभियान र

नेपाल सरकारले घोषणा गरेको खुल्ला अभियानको प्रभाव देखिदैन् ।धनुषाको विभिन्न नाकामध्ये महिनाथपुर नाका, दुहबी नाका, धनौजी नाकाहरुबाट अझै यात्रुवाहक बसहरु भने आउन सकेको छैनन् । जनकपुरटुडेमा समाचार छ ।

२०७७ चैत्र ८, आईतवार १७:३६ गते 1 Minute 597 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।