२०७९ आश्विन १५ शनिबार

इन्डियन आइडल १२ को सबैभन्दा उत्कृष्ट जोडी अरुणिता र पवनदीपले बिबाह गरेका हुन् ?

एजेन्सी : इन्डियन आइडल १२ को सबैभन्दा मनपर्ने जोडी अरुणिता कान्जिलाल र पवनदीप राजन रहेका छन् । उनीहरुको जोडीलाई औधी नै रुचाइएको थियो । अहिले आएर उनीहरुको सामाजिक सञ्जालमा विवाह भएको फोटो भाइरल

भएपछि सबै छक्क परेका छन् । उनीहरु दुवैलाई यसरी विवाहित जोडी बनेको देखेर उनीहरु खुसी र अन्योल दुबै भएको छ फ्यानहरुमा ।के यो जोडीले साँच्चिकै बिबाह गरेको हो त ? यसका बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौ ।

अरुणिता र पवनदीपको फ्यानक्लबमा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ, जसलाई देखेर उनीहरुको विवाहको अड्कलबाजी भइरहेको छ । यो तस्विर देखेर केही फ्यानहरु अचम्ममा परेका छन् तर धेरै फ्यानहरुको मन तोडेर यो तस्बिर नक्कली हो भनेका छन् ।

यो फोटो सम्पादन गरिएको छ। यो फोटोसप गरिएको तस्विर देखेर खुसी नहुनुहोस्, अरुणिता र पवनदीपको यो तस्विर फ्यानमैड रहेको छ । यसमा कुनै सत्यता छैन । न त यो तस्बिर उनको कुनै म्युजिक भिडियोको अंश हो ।

यस फेक फोटोमा पवनदीप र अरुणिताको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर आएको छैन । हालै पवनदीप र अरुणिताबीचको मनमुटावको कुरा बाहिर आएको थियो ।
अरुणिताले पवनदीप राजनको म्युजिक भिडियोमा काम गर्न अस्वीकार गरेपछि यो सबै कुरा बाहिर आएको थियो ।

यसअघि उनी काम गर्न राजी भएकी थिइन् । यी दुईबीच के बिबाद भएको हो भन्ने जानकारी भने अहिलेसम्म खुलेको छैन । पवनदीप र अरुणिताबीच सबै सम्बन्ध राम्रै रहेको खबर पनि उत्तिकै आई नै रहेको छ । दुवै आज पनि साथी नै रहेका छन् ।

२०७८ पुष ४, आईतवार १९:२८ गते 0 Minutes 529 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।