२०७९ आश्विन ११ मंगलवार

दक्षिण कोरियामा को’भिड सम्बन्धी प्रति’बन्ध फेरि लागू हुने !

काठमाडौं : दक्षिण कोरियाले को’भिड-१९ सम्बन्धी नियममा पुन: कडाइ गर्ने भएको छ । संक्र’मण दर र ग’म्भीर बिरा’मीको संख्या उच्च बिन्दुमा पुगेपछि को’भिड-१९ सम्बन्धी प्रतिब|न्धात्मक नियममा पुन: कडाइ गरिने भएको हो ।

दक्षिण कोरियामा डेढ महिनाअघि ‘लिभिङ विद को’भिड-१९’ (को’भिड-१९ सँगै बाँच्ने) नीतिअन्तर्गत प्रति’बन्धहरू खुकुलो पारिएको थियो । तर शनिबारदेखि पुन: प्रति’बन्ध लगाइने भएको छ । योसँगै ४ जनाभन्दा बढी मानिस भेला हुन पाउने

छैनन् र भेला हुने सबैले पूर्ण खोप लगाएको हुनु पर्नेछ ।
त्यस्तै, राति ९ बजेपछि रे’ष्टुरेन्ट, क्याफे र बार बन्द गर्नुपर्ने छ भने सिनेमा घर तथा इन्टरनेट क्याफे राति १० बजेपछि सञ्चालन गर्न पाइने छैन । खोप नलगाएका मानिसले आफू मात्रै बाहिर गएर खान वा खाना ल्याउन पाउने छन् ।

कोरो’ना भाइर’सका दैनिक संक्र’मित निरन्तर बढ्न थालेको र स्वास्थ्यकर्मीले अस्पतालमा अस्तव्यस्त अवस्था आउन सक्ने चेता’वनी दिएपछि सरकारमाथि प्रति’बन्ध खुकुलो पार्ने यसअघिको नीति फिर्ता लिन दबाब परेको थियो ।

गत हप्ता दक्षिण कोरियामा दैनिक संक्र’मितको संख्या पहिलो पटक ७ हजारमाथि पुगेको थियो । त्यहाँ बुधबार ७ हजार ८५० जना नयाँ संक्र’मित थपिएका थिए । बिहीबार ७ हजार ६२२ मानिस संक्र’मित भएको कोरियाको रोग निय’न्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

यसैबीच, मलेसियामा ओमि’क्रोनका दोस्रो सं’क्रमित फेला परेपछि प्रति’बन्धात्मक नियममा थप कडाई गरिने भएको छ । बिहीबार घो’षणा गरिएका नियमअनुसार ठूलो जमघट गर्न नपाइने र उच्च जो’खिममा रहेका रहेका व्यक्तिले अनिवार्य बुस्टर डोज लगाउनु पर्ने छ । (एजेन्सीहरूको सहयोगमा)

२०७८ पुष ५, सोमबार १०:१७ गते 1 Minute 554 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।