२०७९ असार १५ बुधबार

बधाई ! लकडाउनमा सोनु सुदले गरेको कामलाई सम्मान गर्दै हवाई कम्पनीले जहाजमा राखे पोस्टर ।

मुम्बई : बलिउड अभिनेता सोनू सुदले अब एक नयाँ ‘उडान’ सुरु गरेका छन् । गत वर्ष कोरो’ना महामा’रीमा लाखौं मजदुर र बे’वारिसे मानिसलाई बस, ट्रेन र हवाइजहाजबाट घर सित्तैमा

पु¥र्‍याइदिएका यी अभिनेता त्यसपछि देश विदेशमा लोकप्रिय भए । यिनै सोनूको यो सराहनीय कार्यका लागि एक देशी हवाई कम्पनीले अनौठो ढंगले उनको सम्मान गरेको छ ।घरेलु उड्डयन कम्पनी स्पाइस जेटले सोनुप्रति सम्मान व्यक्त गर्दै आफ्नो

कम्पनी स्पाइजेट बोइंग ७३७ मा उनको ठूलो तस्वीर राखेको छ ।तस्वीरसँगै सोनुका लागि अंग्रेजीमा ‘ए सेल्यूट टू द सेविअर सोनू सूद’ अर्थात् ‘मसीहा सोनू सूदको सलाम’ लेखिएको छ ।

एबीपी न्यूजमा प्रकाशित समाचारअनुसार आफू प्रति स्पाइस जेटले गरेको सम्मान प्रति खुशी व्यक्त गरेका छन् ।‘यो मेरो लागि ठूलो सम्मान हो ।

यसले मलाई पुरानो कुराको याद दिलायो । जब म पहिलोपटक मुम्बई आएँ, त्यो बेला म एक अनारक्षित टिकटले यहाँ आइपुगेको थिएँ । अहिलेको सम्मानको खुशी म बताउनै सक्दिनँ’, सोनूले भनेका छन् । एजेन्सीको सहयोगमा

२०७७ चैत्र ८, आईतवार १८:०१ गते 1 Minute 890 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।