२०७८ माघ ११ मंगलवार

निखिल उप्रेती भन्नुहुन्छ : हजारौं भ्रष्टा-चारी नेता पाल्नु भन्दा, एउटै राजा पालौं, देशले चाँडै बिकासको कोल्टे फेर्छ ।

काठमाडौं : अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दु`श्म`नहरुको प्रतिकार गर्न अपिल गरेका हुन।

उनले प्रश्न गरे, ‘तिनिहरुले कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं। आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै`मनश्य`ता उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे।

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो। आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ तर, मिल्न सक्ने क्षम`ता साहस धेरै कमले देखाउन सक्छ। जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान भन्दै

’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन। हामी वर्षौदेखि भ्र`ममा रहिरह्यौं, यो पार्टी त्यो पार्टी भनियो, तर यिनीहरु अलग पार्टी होइन। जब एउटा वि`रामी र दोस्रो वि`रामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामीमा लिन मिल्दैन’ उनले भने।

‘घोष`णापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो’ उनले भने। उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे। यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन् ,जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन।हामी पनि उनीहरुकै पछि लाग्यौ’ उनले थपे।

‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला उनको प्रश्न? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं। नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ।

हामीलाई यो भूमिले जन्माएको हो। यो भूमिको डिमान्ड हो। सजिलै अरु ठाउँ जान बनाउने होइन, ’उनले भने, हजारौं भ्र`ष्टाचारी नेता पाल्नु भन्दा बरू एउटै राजा पालौं, देशले चाँडै बिकासको कोल्टे फेर्छ।’

२०७८ पुष ६, मंगलवार २०:५० गते 0 Minutes 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार