२०७९ आश्विन २० बिहीबार

१३८ जना नेपाली कामदार आज कोरिया जादै !

काठमाडौ : आज नेपालदेखी दक्षिण कोरियाको लागि ८९ जना नियमित र ४९ जना कमिटेड गरी १३८ जना कामदार साथीहरुले उडान भर्दै हुनुहुन्छ ।

सबैजना कामदारहरुलाइ सुरक्षीत यात्राको लागि अग्रिम बधाई तथा शुभकामना छ । आज बेलुका ७:४५ बजे कोरियन एयरलाइन्सको KE 696 मार्फत उडान हुनेछ । आशा छ, सबै कामदार साथीहरु अधिकतम सामाजिक दुरि अपनाएर र

स्वास्थ्य सतर्कता सहित कोरिया प्रस्थान गर्नुहुनेछ । बिमानस्थल पुगेपछी अनाबश्यक हेलच’क्राइ गर्ने काम नगर्नुहोला !आगामी फ्लाईट जनबरी ३ तारिखमा हुनेछ । त्यसमा हाल उडिरहेको भन्दा केही बढी नै कामदार साथीहरु उड्ने जानकारी कोरियाले नेपाल पक्षलाई दिएको छ ।

नेपालको तर्फबाट जनबरीमा तोकिएको ४ फ्लाईट भन्दा बढी नै फ्लाईट गराउने गरि तयारी चलिरहेको छ । यसका लागि स्वयम श्रम मन्त्री ज्युले नै कोरियन पक्षसँग छलफल चलाउनुभएको छ । यही डिसेम्बर अन्तिम तिर थप सीसीभिआइ फर्म भर्ने कामदारहरुको नामावली आउने बुझिएको छ ।

२०७८ पुष ७, बुधबार ०७:५८ गते 1 Minute 514 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।