२०७८ माघ ११ मंगलवार

चित्रबहादुर केसी भन्नुहुन्छ : अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुदैन ।

काठमाडौ : राष्ट्रिय जनमो’र्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्याले’न्ज कर्पो’रेसन (एमसीसी)को वि’रोध गर्ने जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अ’परान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमो’र्चा नरहेको सन्देश पुनः दिने जनाएका छन् ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धाराणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एम’सीसी ल्याइएको हो । अनुदानको नाममा साम्रा’ज्यवादी शक्ति अमेरिकाको ष’डयन्त्रमा नेपाल फस्नु हुदैन,’ केसीले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् ।’

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमो’र्चा अल’ग्गिन सक्ने उनको चेतावनी छ । अमेरिकी अनुदान एमसीसी पा’रित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिएका छन् ।

‘एमसीसीका प्रति’निधिले त मलाई भेटेका छैनन्, तर एमसीसीको नेपाली दलालहरू भने म भएको ठाउँमा आउँछन, कतिपय त बुद्धि’जीवीहरू नै लागेको देख्दा अचम्म लाग्छ,’ केसीले भने, ‘फकाउने र द’बाब दिने दुवै काम गरे पनि म भने डग्म’गाएको छैन, हामी विरो’धमा नै छौँ ।’

केसी निवासमा एमसीसीको प्रतिनिधि बनेर को को नेपाली बु’द्धिजीवी आएका थिए? त्यो भने उनले खुलाउन अझै चाहेनन् । यति मात्र भने, ‘तिनलाई चिन्ने मौका पाइएको छ, समय आए पछि भनौंला ।’ उनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको वि’रोधमा भएकाले संसदवाट पारित हुने अवस्था छैन ।

२०७८ पुष ७, बुधबार २१:२९ गते 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार