२०७९ आश्विन १५ शनिबार

अध्यन रिपोर्टका अनुसार कोरियामा ९० प्रतिशत विदेशी आफ्नो देश फर्कन चाहदैनन !

सोउल : दक्षिण कोरिया विश्वमै वस्न लायक देशहरुमध्येमा पर्दछ। आकर्षक रोजगारी, सुविधा सम्पन्न देश, सुरक्षित वातावरण लगायतका कुराहरुले जो कोहिलाई लोभ्याउने गर्दछ।
हालै यहाँको सरकारले प्रकाशित गरेको अध्यन प्रतिवेदनले

यहाँ वसोवास गर्ने विदेशी नागरिकहरु अझ यहि देशमा बस्न चाहाने गरेको पाइएको छ। कोरियामा वसोवास गरिरहेका जसले स्थायी वसोवासको अनुमति पाएका छैनन उनिहरु मध्ये ९० प्रतिशत आफ्नो देश फर्कन चाहादैनन।

मंगलबार प्रकाशित प्रतिवेदन अनुसार हरेक १० जना विदेशी मध्ये ९ जना अझ भिजा थप गरी कोरियामा नै बस्न चाहाने गरेको पाइएको छ। स्टा’टिक्स अफ कोरियाले प्रकाशत गरेको तथ्याङ्क अनुसार ८८.२ प्रतिशत विदेशी नागरिकहरु जोसँग स्थायी वसोवासको अनुमति छैन उनिहरु कोरियामै अझ रहिरहन चाहान्छन।

यस्तो संख्या गत बर्षको तुलनामा १.७ प्रतिशतले बढेको स्टाटिक्स अफ कोरियाले जानकारी दिएको छ। यसरी अझ थप कोरिया बस्न चाहानेहरुमा पनि अहिले उनिहरुसँग भइरहेको भिजा थप गरेर बस्न चाहानेहरुको संख्या ५३.६ प्रतिशत रहेको छ ।

स्थायी वसोवासको भिजा प्राप्त गरि बस्न चाहानेहरुको संख्या १४.६ प्रतिशत रहेको पाइएको छ। त्यसैगरी कोरियन नागरिकता पाएर कोरियामै सँधै बस्न चाहाने विदेशीहरुको संख्या ११.१ प्रतिशत रहेको प्रतिवे’दनमा उल्लेख छ।

सरकारी तथ्याङ्क अनुसार अहिले दक्षिण कोरियामा वसोवास गरिरहेका विदेशी नागरिकहरुको संख्या १३ लाख ३० हजार भन्दा माथि रहेको छ। यो संख्या गत बर्षको हारा’हारी मै रहेको बताइएको छ। त्यसैगरी कोरियामा रोजगारी गरिरहेका विदेशी नागरिकहरुको संख्या भने ८ लाख ५५ हजार ३ सय रहेको पाइएको छ।

यो संख्या गत बर्षको तु’लनामा ७ हजारले धेरै हो। यसरी कोरियामा रोजगार विदेशी नागरिकको संख्या सन २०१८ पछि पहिलो पटक बढेको हो। सन २०१८ मा यो संख्या ८ लाख ८४ हजार रहेको थियो।

अर्थ’तन्त्रमा केहि सुधार आएसँगै विदेशी कामदार कोरिया भित्रिन सुरु गरेसँगै विदेशी कामदारहरुको संख्या कोरियामा बढ्न थालेको अनुमान गरिएको छ। यो बर्ष सबैभन्दा धेरै निर्माण क्षेत्रमा विदेशी कामदार थपिएका छन। यो बर्ष निर्माण क्षेत्रमा मात्रै १७ हजार विदेशी कामदार थप भएको पाइएको छ भने कृषि तथा माछा’पालन क्षेत्रमा ४ हजार विदेशी कामदार थप भएका छन।

२०७८ पुष ८, बिहीबार १०:३५ गते 1 Minute 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।