२०७९ आश्विन ११ मंगलवार

मलेसिया रोजगार – अब नेपाली मजदुर पनि जान पाउने तर नियम कडा !

काठमाडौ : मलेसियाले को’रोना भाइर’सको महामा’री सुरु भएपछि रोकेको नेपाल र इन्डोने’सियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया खुला गरेको छ । मंगलबारदेखि श्रमिक भर्ना प्रक्रिया आंशिक रूपमा खुला गरिएको हो ।

नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसी’आर परीक्ष’ण, को’रोना संक्र’मण भए उपचार खर्च, क्वारेन्टा’इनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने जनाइएको छ । विदेशबाट श्रमिक ल्याउन इच्छुक रोजगारदाताले नै सबै खर्च बेहो’र्नुपर्ने मलेसियाको गृह र मानव संसाधन मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित मलेसियाली दूतावासले पनि डेढ वर्षपछि नेपाली श्रमिक लैजान बाटो खुलेको जनाएको छ । नेपालका लागि मलेसियाली कार्यवाहक राजदूत मोहम्मद फाजिल अबु हसनले मलेसियाको गृह मन्त्रालयबाट श्रमिक भर्ना गर्न अनुमति पाएका रोजगारदाताहरूले तोकिएका सबै प्रक्रिया पूरा गरी नेपाली श्रमिक लैजान पाउने बताए ।

मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको थियो । केही समययता श्रमिक अभाव भएपछि मलेसियाका सबै क्षेत्रका रोजगारदाताहरूले नयाँ श्रमिक भर्नाको अनुमति दिन त्यहाँको सरकारलाई दबा’ब दिइरहेका थिए ।

नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिकहरू सरकारी अनुमति प्राप्त क्वारेन्टा’इनमा ७ दिन बस्नुपर्नेछ । श्रमिकलाई क्वालाल’म्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेशको अनुमति दिइएको छ ।

नेपाल र मलेसियाको श्रम सम्झौताअनुसार भिसा प्रक्रियामा लागेको सबै खर्च रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।
सम्झौता अनुसार स्वास्थ्य परीक्षण र सुरक्षा जाँचमा लागेको खर्च मात्रै श्रमिकले नेपालमा बुझाउनुपर्नेछ । त्यो शुल्क पहिलो महिनाको तलबमार्फत रोजगारदाताले भु’क्तानी गर्नुपर्ने सम्झौ’तामा उल्लेख रहेको छ ।

२०७८ पुष ८, बिहीबार १९:०१ गते 1 Minute 4743 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।