२०७९ आश्विन २० बिहीबार

चार गुणाले बढ्यो वैदेशिक रोजगारमा जानेको संख्या !

काठमाडौं : को’भिड प्र’भावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ ।

तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमि’ट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए ।

चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ । यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश जानेको संख्या झण्डै को’भिडअगाडिको जस्तै छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

थप समाचार – रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको jordan river recrutment SRL कम्पनीले विभिन्न पदका लागि १०० जना पुरुष र २० जना महिला गरि जम्मा १२० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ६६ हजार माथिदेखि ७८ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा पुस १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि तल दिइएको बिज्ञापन हेर्नू होला ।

२०७८ पुष ८, बिहीबार २१:३५ गते 1 Minute 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।