२०७९ आश्विन १५ शनिबार

कतारमा श्रमिकको पासपोर्ट क’ब्जा गर्नेलाई ८ लाख जरिवाना, भिसा किनबेच गरे ३ बर्ष जे’ल !

दोहा : कतारले आवासिय अनुमति बनाउन तथा नविकरण गर्न श्रमिकसँग लिएको राहदानी (पासपोर्ट) फिर्ता नगर्ने रोजगारदातालाई २५ हजार रियाल (झण्डै ८ लाख) जरिवा’ना गर्ने चे’तावनी दिएको छ ।

कतारको गृह प्रशासन सम्वन्धि काम गर्ने आन्तरिक मन्त्रालयले आवासिय अनुमति पत्र बनाउने वा नविकरण गर्ने प्रयोजन सकिएपछि श्रमिकको राहदानी श्रमिकलाई नै फिर्ता दिन आदेश दिएको हो । द पेन’न्सुल कतारका अनुसार कतारको आन्तरिक मन्त्रालयले सोमवार आयोजना गरेको वेबेनारमा यसका बारेमा जानकारी दिइएको हो ।

सो वेबेनारमा विभिन्न मुलुकका गरी २ सय ८० जना भन्दा बढी सहभागि रहेको समाचारमा जनाइएको छ । सो वेबेनार कतारले भिसाको म्याद सकिएर बसाई अवैधा’निक भएकाहरुलाई आफ्नो कतार बसाईलाई कानुनी बनाउन दिएको अवशरका बारेमा छलफल गर्न र विभिन्न मुलुकका समुदायका अगुवा|हरुलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको थियो ।

कतारले आगामी डिसेम्वर ३१ भित्रमा आफ्नो बसाईलाई वैधा’निक बनाउन दिएको समयावधिभित्र कतारमा अवै’धानिक रुपमा बस्दै आएका मध्ये आधाले आफ्नो समस्या हल गर्ने अपेक्षा गरेको छ । यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले आफ्नो बसाईलाई वैधा’निक बनाउन आवेदन दिएको जनाइएको छ ।

कार्यक्रममा कतारी अधिकारीहरुले कसैले गैरकानुनी रुपमा भिसाको किनबेच गरेमा कडा कारवाही हुने चेता’वनी दिएका थिए । उनीहरुले त्यस्तो गतिविधिमा संलग्नहरुलाई ३ बर्षसम्म जेल सजाय तथा ५० हजारसम्म कतारी रियाल जरिवाना हुने जनाएक थिए । यसैगरी पुन: सोही गल्ती दोहोरिएमा १ लाख रियाल जरिवाना हुने जनाइएको छ ।

कतारी अधिकारीहरुले समयमै आवासिय अनुमति नविकरण नगर्ने रोजगारदाताहरुलाई पनि कारवाही हुने बताएका थिए । उनीहरुले आफ्ना श्रमिकको आवासिय अनुमति नविकरण गर्ने समयावधि सकिएको ९० दिनभित्रमा त्यसको नविकरण नगराउने रोजगारदातालाई १० हजार रियालसम्म जरिवाना हुने बताएको समाचारमा जनाइएको छ । -यो खबर देश परदेशमा छ म

२०७८ पुष ९, शुक्रबार ११:२० गते 1 Minute 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।