२०७८ माघ ११ मंगलवार

अध्यक्ष लिङ्देन भन्नुहुन्छ : अवैध सम्पत्ति जफत गरे हुन्छ, एमसिसी ल्याउनैपर्दैन ।

काठमाडौ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै अ’वै’ध सम्पत्ति जफत गरे एमसिसी परियोजना ल्याउनै नपर्ने बताएका छन् । बिहीबार तुलसीपुरमा भएको आमसभामा उनले एमसिसीले दिनेभन्दा बढी पैसा देशका लु’टे’रा’ह’रूसँग रहेको दाबी गरे ।

‘०४६ सालपछिका सबै उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी अ’वै’ध सम्पत्ति ज’फ’त हुनुपर्यो,’ उनले भने, ‘त्यसो गर्ने हो भने एमसिसी ल्याउनै पर्दैन ।’ मुलुक इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै उनले स्वाभिमान र पहिचानसमेत हराउने स्थितिमा पुगेको जिकिर गरे ।

‘देश सामान्यझैँ लाग्छ । गोली चलेका छैनन् । मान्छे मा’रा’मा’र छैन । विदेशी हस्तक्षेप छ भने विदेशी सेनाहरू आएका छैनन् । सबै ठीकठाकजस्तो देखिन्छ । तर, देश इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ ।

आफ्नोपन हराएको छ । स्वाभिमान, पहिचान हराउने स्थितिमा पुग्दै छ,’ उनले भने । उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘

गरिबको छोरोसँग देश बनाउने जस्तोसुकै योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन,’ उनले भने, ‘करोडौँ खर्च गर्नुपर्ने । किनेर सांसद, मन्त्री बन्नुपर्ने अवस्था छ, त्यस्तो व्यक्तिले देश नलुटेर के गर्छ ?’ यो व्यवस्था परिवर्तन गरी राष्ट्रप्रमुखको रूपमा राजसंस्था ल्याउनुपर्ने उनको भनाइ थियो ।

२०७८ पुष १०, शनिबार १५:५१ गते 0 Minutes 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार