२०७९ आश्विन १५ शनिबार

जापानमा हिमपात – ट्राफिक जाम, उडान रद्द र रेल सेवा बन्द !

डिसेम्बर २७, जापान : भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अव’रोध उत्पन्न भएको छ ।

‘कान्साई इले’क्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतवि’हीन अवस्थामा अन्ध’कारमा बस्न बाध्य बनेका छन् ।

अधिकारीहरूले सोमबार राति पनि थप हिउँपर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् । हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चो’ट वा मृ’त्यु को पु’ष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताउनुभयो ।

मात्सुनोले भन्नुभयो, “हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिम’पात भइरहेको छ । भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ ।

अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ ।”
“अल’पत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भएपनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मा’त्सुनोले बताउनुभयो ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लि’एपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा आज बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर (२६ इन्च) हिउँको सतह बनेको एनएचकेले बताएको छ । हाइ’कोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमबर्षा हो ।

एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २०० यात्रुहरू हिउँमा अलपत्र परेका बताएको छ । हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ । सोमबार लगभग ५० उडान र’द्द भएका एनएचकेले जापानी उड्ययन अधिकारीलाई उ’द्धृत गरी लेखेको छ । -एजेन्सी

२०७८ पुष १२, सोमबार १८:४८ गते 1 Minute 475 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।