२०७९ आश्विन २० बिहीबार

प्राधिकरणले २.८३ प्रतिशत विद्युत चुहा-वट घटायो ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीमा रहेको २.८३ प्रतिशत विद्युत चुहा’वट घटाएको छ । प्राधिकरणले चालू आर्थिक वर्ष (२०७८/७९ ) को ४ महिनामा प्रणालीमा रहेको चुहा’वट घटाएर १४.३५ प्रतिशतमा झारेको हो ।

प्राधिकरणले प्राविधिक एवं चो’री चुहा’वट नि’यन्त्रणका लागि अभियान सञ्चालन गरेर १७.१८ प्रतिशत रहेको चु’हावट घटाएर १४.३५ प्रतिशतमा सिमित गरेको हो । गत कात्तिकसम्म प्रणालीमा रहेको चुहा’वटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

बाँधी चुहावट प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्ष कात्तिकसम्म वितरणतर्फको चुहा’वट १२.०१ प्रतिशत थियो । यस वर्ष यही अवधिको चुहा’वट २.७७ प्रतिशत कम भई ९.२४ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणले चालु आर्थिक वर्षमा प्रणालीमा भइरहेको विद्युत चुहा’वट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहा’वट देखिएकाले आर्थिक वर्ष सकिँदा निर्धारित लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत चु’हावट घटाएर २०७६/७७ मा १५.२५प्रतिशतमा झारेको थियो । को’रोना (को’भिड–१९) महामा’री निय’न्त्रण गर्न लगाइएको निशे’धाज्ञा तथा लकडा’उनका कारण चोरी चुहा’वट नियन्त्र’ण अभियान प्रभा’वित हुँदा आर्थिक वर्ष २०७७/७८ मा १.९१ प्रतिशत बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

‘चुहा’वट नि’यन्त्रण अभियान प्रभा’वकारीरूपमा चलाइएकाले चो’रीबाट हुने चुहा’वट घटाउन सकिएको छ,’ उनले भने, ‘सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्ड’क्टर थप्ने, ओभर’लोड ट्रान्स’फर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कार्यले प्राविधिक चुहा’वट पनि कम गर्न सफल भएका छौं ।’

उनले उद्योगहरूमा विद्युत आपूर्ति बढेकाले तथा चुहावट निय’न्त्रण अभियान अझै प्रभाव’कारी बनाएर लैजाने काम भइरहेकाले असारसम्ममा यो वर्षको लक्ष्य पूरा हुने बताए ।
प्राधिकरणले चुहावट कम गर्न चो’री नियन्त्र’ण, विद्युत बक्यौता असुलीमा कडाई, मिटर वाइपास तथा हुकिङ गरी चो’री

गर्नेलाई कडा कारवा’ही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानका रूपमा चलाइरहेको घिसिङले बताए ।

चो’री निय’न्त्रण गर्ने क्रममा केही स्थानमा प्राधिकरणका कर्मचा’रीमाथि भौतिक आ’क्रमण समेत हुँदै आएको छ । वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र अभियानमा खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहा’वट घटाउन सफल भएको उनले बताए ।

काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने गरेको छ । प्राविधिक र चो’री चुहा’वट नियन्त्र’णका लागि चलाइएको अभियानलाई अझै सशक्त पार्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत चुहा’वट नियन्त्र’ण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू एवं मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्न लागेको छ । -उर्जा खबर

२०७८ पुष १२, सोमबार २३:०३ गते 1 Minute 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।