२०७९ आश्विन २० बिहीबार

वैदेशिक रोजगारमा जानेलाई ५ लाख जोनसनको खोप, यी खोपकेन्द्रमा लगाउदै !

पुस १४ काठमाडौ : विदेश जानेहरुलाई सरकारले जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरेको छ । रोजगारीका लागि तथा अन्य प्रयोजनमा विदेश जानेहरुले सो खोप लगाउन सक्नेछन् ।

जोन्सन एण्ड जोन्सनको खोप एक मात्रा लगाए पुग्छ ।
सो खोप काठमाडौंका चारवटा अस्पतालहरुमा दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

सो खोप वीरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल, बलम्बू तथा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा दिइएको छ ।

खोप लगाउन जाँदा आफ्नो राहदानी (पासपोर्ट) तथा भिसा लिएर जान स्वास्थ्य मन्त्रालयले सुचित गरेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई को’रोना

भाइ’रस विरु’द्धको खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकाहरुलाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।

२०७८ पुष १३, मंगलवार ०९:२९ गते 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।