२०७९ आश्विन १२ बुधबार

देउवाको कानैमा पुगेर सीपी गजुरेलले भने एमसीसी राष्ट्रघा-तीनै हो !

काठमाडौ : नेकपा क्रान्तिकारी माओवादीका नेता एवं देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष सीपी गजुरेले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै कानले सुन्ने गरि एमसीसीको विरु’द्धमा कडा अभिव्यक्ति दिएका छन् ।

आज बाट काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न अतिथिको रुपमा पुगेका गजुरेलले नेकपा माओवादी केन्द्रले यो महाधिवेशन बाट राष्ट्रघाती एमसीसी विरु’द्ध विशेष निर्णय लिन सुझाव दिएका छन् ।

गजुरेलले माइक बाटै एमसीसी राष्ट्रघा’ती हो भनेर भनिरहँदा एमसीसी पास गर्न सबैभन्दा हतारिएका प्रधानमन्त्री शेरबहादुर देउवा उनको छैवैमा कुर्सीमा बसेका थिए । गजुरेलले देउवाको कानैमा पुग्ने गरि एमसीसी वि|रुद्ध गर्जन दिएका छन् । गजुरेलले यसो भन्दा माओवादी कार्यकर्ताले बजोड ताली बजाएका थिए ।

नेता गजुरेलले पूर्वमाओवादी घटकहरु एक हुन पर्छ भनेर प्रचण्डले पटक पटक भनेको कुरालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि बताएका छन् । पूर्वमाओवादीहरु मात्रै नभएर क्रान्तिकारी कम्युनिष्टहरु

सबै एक हुन पर्ने उनले बताएका छन् तर उनले त्यसका लागी केहि सर्तहरु राखेका छन् । नेता गजुरेलले माओवादी केन्द्रको महाधिवेशनमा पुगेर सुझावका रुपमा केहि कुराहरु राखेका छन् । जनयु’द्ध सुरु गर्ने बेलामा तत्कालिन माओवादीको केन्द्रिय कमिटी बैठकले गरेका निर्णयहरु फेरी सक्रिय बनाउँनु पर्ने ,

लिम्पीयाधुरा लिपुलेकको जमिन फिर्ता ल्याउँन ठोस कदम चाल्नु पर्ने , राष्ट्रघा’ती एमसीसी खारेज गर्नु पर्ने लगायतका कुरामा माओवादी केन्द्र तयार भए फेरी पार्टी एकताको बहस सुरु हुने उनले बताएका छन् ।

गजुरेलले यस्तो भा’षण गरिरहँदा माओवादी केन्द्रका कार्यकर्ताहरु निकै उत्साहित हुँदै ताली बजाइरहेका थिए । उनले पहिला माओवादीमै रहँदाका अनुभूतीहरु अहिले स्मरण भइरहको पनि सुनाएका छन् । मन्तव्य सकिएर आसन ग्रहण गर्र्न लाग्दा प्रचण्डले उनीसँग हात मिलाएका थिए । -ओटिभी नेपाल बाट

२०७८ पुष १३, मंगलवार १६:०७ गते 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।