२०७९ आश्विन २० बिहीबार

काठमाडौं बाट युट्युबर प’क्राउ !

काठमाडौँ : युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एकजना युट्युबरलाई प’क्राउ गरेको छ । काठमाडौंको अनामनगर बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–१ पाखापानी घर भएका ३१ वर्षीय रामबहादुर मल्ल पक्रा’उ परेका हुन् ।

साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत अ’श्लिल शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियोहरू प्रसारण गरेको आ’रोपमा उनलाई आइतबार प’क्राउ गरिएका साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुस’न्धान भइरहेको ब्यूरोले जनाएको छ ।

थप समाचार, प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभा’वित भएको छ ।

मौसम ख’राबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ ।

अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्र’भावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ ।

बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो । उहाँले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्र’भाव रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु-कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सि’यस रहेको छ ।

२०७८ पुष १३, मंगलवार १६:४५ गते 1 Minute 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।