२०७९ आश्विन ११ मंगलवार

आबुधाबीमा को’रोना संक्र-मण बढेपछि सार्वजनिक जमघट गर्न कडाइ !

डिसेम्बर २९, आबुधाबी : को’भिड–१९ को बढ्दो संक्रम’णलाई मध्यनजर गर्दै आबुधा’बीमा विवाह, मृ’त्यु संस्का’र र पारिवारिक जमघट जस्ता सामाजिक कार्यमा उपस्थित हुन पाउने अधिकतम संख्यालाई घटाइएको ।

यूएईको आपत’कालीन, सं’कट, तथा वि’पद् व्यवस्थापन समितिले पनि ‘ग्रीन पास प्रोटोकल’को पालना गर्न र त्यस्ता सामाजिक जमघटका कार्यक्रमहरुमा भाग लिनको लागि अनिवार्यरुपमा को’भिड परीक्षणको नेगेटि’भ रिपोर्ट पेश गर्नुपर्ने कुरामा जोड दिएको छ।

नयाँ नियम अनुसार ‘ईन्डोर ईभेन्ट्स’मा ५० जनाभन्दा बढी व्यक्ति सहभागी हुन पाइनेछैन। त्यस्तै, घरमा गरिने सामाजिक कार्यमा अधिकतम ३० जना मात्रै जम्मा हुन पाइनेछ।
एक्स्पो– २०२० दुबईका आयोजकले पनि को’भिडसम्बन्धी सुरक्षा सतर्कतालाई बढावा दिइरहेका छन् ।

जसअनुसार गतहप्ता रेस्टुरेन्टमा कार्यरत अधिकांश श्रमिकमा कोभि’ड संक्र’मण पुष्टि भएपछि जापान पेभिलि’यनको एउटा रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गरिएको थियो।

त्यसैगरी नयाँ वर्षको पूर्व’सन्ध्यामा तीन दिनसम्म चल्ने उत्सवको लागि यूएईभरमा अधिकारीले को’भिड सुरक्षासम्बन्धी मापद’ण्डलाई कडाइपूर्वक लागू गरेका छन्। कोभिड–१९ को ‘ओमि-क्रोन भेरियन्ट’ १ सय ८ वटा देशहरुमा फेला परेकोले यहाँका अधिकारीहरुले खोपको ‘बुस्टर डोज’को महत्वलाई जोड दिएका छन्।

यसबारेमा दुबईको स्वास्थ्य प्राधिकरणले सोमबार एक चार्ट जारी गरेको छ। जसमा विभिन्न खोप लिएका व्यक्तिको लागि फाइजर बायोटेक बुस्टर रेजिमेनको विवरण सार्वजनिक गरिएको छ।

कोभि’ड–१९ विरु’द्धको ‘बुस्टर डोज’ सम्बन्धी गरिएका अध्ययनहरु अनुसार यसले प्रतिरक्षा/एन्टीबडीको स्तरलाई गुणात्मक रुपमा वृद्धि गर्न मद्दत गर्ने बताइएको छ। त्यस्तै, ‘बुष्टर डोज’ले ‘ओमिक्रोन भेरियन्ट’लाई पनि सामना गर्नसक्ने एन्टीबडी उत्पादन गर्ने बताइएको छ। -प्रवास खबर बाट

२०७८ पुष १४, बुधबार १०:१६ गते 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।