२०७९ आश्विन १२ बुधबार

यूएईमा बढ्यो को’भिड संक्र-मण, दुबईमा मास्क नलगाउनेलाई ३ हजार दिराम जरि-वाना !

डिसेम्बर २९, दुबई : यूएईमा पछिल्ला केही दिनयता को’भिड संक्र’मण तीव्र गतिमा फैलिरहेको छ। यूएईको स्वास्थ मन्त्रालयले सार्वजानिक गरेको पछिल्लो दस दिनयताको तथ्याङ हेर्दा को’भिड विरा’मीको संख्या ह्वात्तै बढेको देखिन्छ।

२० डिसेम्बरमा ३०१, २१ डिसेम्बरमा ४५२, २२ डिसेम्बरमा ६६५, २३ डिसेम्बरमा १ हजार २, २४ डिसेम्बरमा १ हजार ३५२, २५ डिसेम्बरमा १ हजार ६२१, २६ डिसेम्बरमा १ हजार ८०३, २७ डिसेम्बरमा १ हजार ७३२, २८ डिसेम्बरमा

१ हजार ८४६ र २९ डिसेम्बरमा आइपुग्दा बढेर २ हजार २३४ पुगेको छ । जबकी १३ डिसेम्बरसम्म दैनिक संक्र’मित एक सयभन्दा कम मात्रै भेटिन्थे । १३ डिसेम्बरमा ९१ जनामा संक्र’मण पु’ष्टि भएको थियो। त्यसपछि लगातार संक्रमण अचानक बढ्न थालेपछि यूएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ । विभिन्न राज्यहरुमा नयाँ स्वास्थ्य मापद’ण्ड लागू गरिएको छ।

जसअनुसार दुबई राज्यमा मास्कको अनिवार्य प्रयोग, नलगाएमा ३ हजार दिराम जरिवाना (नेपाली झण्डै १ लाख) कायम गरिएको छ। यस्तै अन्य ईमिरेट्स (राज्य) बाट राजधानी आबुधावी प्रवेशमा नयाँ मापद’ण्ड लागू गरिएको छ ।

सार्वजनिक गरिएको नयाँ निर्देशिका अनुसार को’भिडवि’रुद्धको खोप प्राप्त गरेका व्यक्ति यूएई भित्रबाट आबुधाबी इमिरेट्समा प्रवेश गर्न चाहेमा ‘अल्होशन एप’मा ‘ग्रीन स्टाटस’ देखिनु पर्नेछ। त्यस्तै, को’भिडविरु’द्धको खोप प्राप्त नगरेका व्यक्तिले ९६ घण्टा भित्रसम्म परीक्षण गरिएको पी’सीआर परीक्ष’णको ‘नेगेटिभ रिपोर्ट’ प्रस्तुत गर्नु पर्नेछ।

नयाँ मापदण्ड ३० डिसेम्बर बिहीबारदेखि लागू हुनेछ। त्यस्तै आगामी ३ जनवरीबाट खुल्ने सरकारी र नीजि स्कुलको दोश्रो त्रैमा’सिक कक्षालाई दुई हप्ताको लागि अनिबार्य ‘अनलाइन’ गरिएको छ।

यूएईमा अहिले विश्वकै ठूलो प्रर्दशनी ‘दुबई एक्स्पो’ चलिरहेको छ। ‘एक्स्पो’ अवलो’कलन गर्न संसारभरका पर्यटक यूएई आएका छन्। सं’क्रमण बढेपछि ‘एक्स्पो’का पेविलियनमा समेत स्वास्थ्य सुरक्षामा कडाइ गरिएको छ। – प्रवास खबर बाट

२०७८ पुष १४, बुधबार २०:०२ गते 1 Minute 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।