२०७८ माघ ११ मंगलवार

अध्यक्ष लिङ्देन भन्नुहुन्छ : राजालाई गा’ली गरेर राजनीति टिकाउने दिन गए ।

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गा’ली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै

त्यसलाई लिकमा ल्याउन संघ’र्ष गर्नुपर्नेमा जोड दिए।
‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडा’उन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी

प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने- ‘तर केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजो’री ढा’कछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति बढेको छ, राजालाई गा’ली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए।’

अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लु’टतन्त्र मच्चिएको, लु’टतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्र’वादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रति’बद्ध राजनीतिक शक्ति भएको दाबी गरे।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्यु’निस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरे।

अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिका विरु’द्ध जनता आन्दो’लित हुनुपर्ने बेला आएको र जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराए।

कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारीलगायतले सम्बोधन गरेका थिए। विस्तारित बैठक मंगलबारसम्म चल्नेछ।

२०७८ पुष १४, बुधबार २२:३८ गते 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार