२०७९ आश्विन १० सोमबार

वैवाहिक जीवनमा बाँ’धिदै नायिका रेखा थापा !

काठमाडौं : अभिनेत्री तथा निर्मात्री रेखा थापाले चाँडै वैवाहिक ब’न्धनमा बाँ’धिने बताएकी छन् । न्यूज २४ टेलिभिजनको ‘ई–टल्क’ कार्यक्रममा बोल्दै लेडी सुपरस्टार थापाले २०७९

सालभित्र आफू वैवाहिक जीवनमा बाँ’धिन सक्ने बताएकी हुन् । अभिनेत्री थापाले अहिले आफू केटाको खोजीमा रहेको बताउँदै फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजना रहेको बताइन् ।

त्यस्तै उनले आफ्नो लभ र एरेञ्ज दुवै हुनसक्ने बताएकी छन् ।आफ्नो हुनेवाला श्रीमान पजि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ । उनले अन्य अभिनेत्रीहरुले जस्तो तामझामसँग विवाह नगर्ने जानकारी दिदै भनेकी छन्, ‘म यो देशको साधारण मानिस हुँ ।

मेरो क’दमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै विहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’ भेट्रान निर्माता छविराज ओझासँग छुट्टिएपछि विगत एक दशकदेखि अभिनेत्री थापाले एकल जीवन

विताउँदै आएकी छन् ।त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री थापाले नेपाली कलाकारिता क्षेत्रमा कोही पनि महान नभएको उल्लेख गर्दै महानायक, महानायिका लगायतका उपाधि दिन हतार गरिएको बताइन् । नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिइने ट्याग न’सुहाउने उनको दा’बी छ ।

२०७८ पुष १४, बुधबार १७:३४ गते 0 Minutes 660 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।