
डिसेम्बर २९, दोहा कतार – को’भिड–१९ का नयाँ सं’क्रमित दिनहुँ थपिन थालेपछि कतारको जनस्वास्थ्य मन्त्रालयले ‘फेस मास्क लगाउन सर्वसाधारणसमक्ष आग्रह गरेको छ।
उसले आफ्नो वरपर सबैलाई सुरक्षित राख्न वर्तमान मापदण्डलाई पालना गर्न आग्रह गरेको हो। पछिल्लो एक सातायता को’भिड–१९ को नयाँ भेरि’यन्ट ‘ओमि’क्रोन’को प्रभाव बढ्न थालेपछि मन्त्रालयले सार्वजनिक गरेको नियमअनुसार
प्रार्थना घर, मल, विद्यालय, कार्यस्थल, सार्वजनिक सवारी जस्ता सार्वजनिक स्थलमा जाँदा अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गरेको छ। विवाह,सामाजिक भेटघाट, मृ’त्यु संस्का’र, निजीस्थलमा गरिने जमघटमा पनि मास्क प्रयोग गर्न आग्रह गरिएको छ।
त्यसैगरी, सेक्युरिटी स्टाफ र वेटर जस्ता आउटडोरमा धेरै सेवाग्राहीसँग सम्पर्कमा आउनुपर्ने व्यक्तिलाई मास्क अनिवार्य गरिएको छ। अन्य व्यक्तिसँग सुरक्षित भौतिक दूरी कायम गर्न नसक्ने अवस्थामा को’भिडवि’रुद्धको खोप आफूले वा
आफ्नो सम्पर्कमा आउने व्यक्तिले नलिएको खण्डमा पनि अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नेछ। त्यस्तै , खोप प्राप्त गरेपनि प्रतिरक्षा शक्ति कम’जोर भएका, को’भिड–१९
को गम्भि’र जो’खिम भएका, वृद्ध र दृघ’रोगीहरुलाई पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरिएको छ।
सो नियमअनुसार खुल्ला ठाउँमा बाहिरी वातावरणमा आवत–जावत गर्दा भने मास्कको प्रयोगलाई अनिवार्य गरिएको छैन। -यो समाचार प्रवास खबरमा प्रकाशित छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।