
काठमाडौ : रोजगार अनुमति प्रणालीी ईपिएसअन्तर्गत दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ ।
कात्तिक १० गते पहिलो चरणमा ४८ जना दोस्रो चरणमा मंसिर ८ गते ८१ जना तेस्रो चरणमा मंसिर २७ गते १२२ जना र पौष ७ गते १३८ जना नेपाली कामदार कोरिया उडेका थिए ।
सोहि क्रमलाई निरन्तरता दिदैं पाचौं चरणमा पौष १९ गते (जनवरी ०३) मा ७४ जना नियमित र ९६ जना प्रतिबद्ध गरी १७० जना कामदार कोरिया उड्ने भएका छन् । बुधबार उक्त १७० जना नयाँ र कमिटेड कामदारहरुको नामावली
इपिएस कोरिया शाखा ललितपुरले एक सुचना जारी गर्दै प्रकाशित गरेको छ । को’भिड १९ का कारण झण्डै दुई बर्षपछि सुरु भएको नेपाली कामदारहरु दक्षिण कोरिया
लैजाने प्रक्रिया अन्तर्गत पहिलो चरणमा प्रति’बद्ध कामदार लिन सुरु गरेपछि त्यसपछिका चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक पनि लैजान काेरियाले सुरु गरेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।