२०७९ श्रावण २८ शनिबार

पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले लिइन् नेपाली नागरिकता !

काठमाडौँ : पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्।

कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् । नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। कृतिकाको नागरिकतामा हिमानी शाहले सनाखत गरिदिएकी छिन्।

थप समाचार : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

२०७८ पुष १५, बिहीबार २१:२० गते 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।