२०७९ श्रावण २४ मंगलवार

साउदीमा सुतेकै अवस्थामा अस्ताए सन्तोष !

डिसेम्बर २९, रिहाद : साउदी अरेबियामा कार्यरत एक नेपालीको मृ’त्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका तनहुँका सन्तोष अधिकारीको ह्रुद’यघा’तबाट ज्या’न गएको हो।

साउदीको प्रतिष्ठित कम्पनी अल्म’राई कम्पनीको दमाममा रहेको गोदाममा कार्यरत अधिकारीको गत आइतबार दिउसो सुतेकै अवस्थामा मृ’त्यु भएको संगै कार्यरत अर्का नेपालीले जानकारी दिए।

नाईट सिफ्ट ड्युटी गरेर खाना खाई सुतेका अधिकारीले दिउँसो बजे अस्वाभाविक रुपमा खोकेपछी संगै कोठामा रहेका साथीले कम्पनीमा खबर गरेका थिए । कम्पनीले तुरुन्त प्रहरी र एम्बुलेन्स पठाएर उ’द्धार गरेपनि अस्पतालले उनलाई मृत

घोषित गरेको कम्पनीका सिनियर सेल्स सुपरभाइजर राजु केसीले जानकारी दिए । उनको ह्रुदयघा’तबाट ज्यान गएको अस्पतालले बताएको छ । अधिकारी आउँदो फ्रेब्रुअरीमा घर जाने तयारीमा रहेको केसीले जानकारी दिएका छन् ।

उनको मृ’त्युको बारेमा परिवार र नेपाली दूतावासलाई जानकारी गराईएको छ । आवश्यक कानुनि प्रक्रिया पुरागरेर शव नेपाल पठाईने दुताबास्सले जनाएको छ । ३३ वर्षिय मृतक अधिकारीको घरमा आमा, श्रीमती, एक छोरा र एक छोरी रहेको बताईएको छ । -उज्यालो अन्लाईन बाट

२०७८ पुष १५, बिहीबार २१:३३ गते 1 Minute 480 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।