२०७९ श्रावण २४ मंगलवार

भीम रावलको प्रश्न भारतले लिपुलेक र कालापानीलाई नक्सामा राख्दा सरकार किन मौन ?

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन भन्दै प्रश्न गरेका हुन् ।

उनले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भए पनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो ।’

थप समाचार, काठमाडौँ : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि समुहगत छलफलको सुझाव पेश गरिँदै छ । सुझावहरु पेश भइसकेपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने पार्टीको निर्वाचन समितिले जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल गरिएको थियो । बुधबार २५ मध्ये ११ वटा समूहले आफ्ना सुझाव पेश गरिसकेका छन् भने बाँकी १४ समूहले आज सुझाव पेस गर्ने कार्यसूचि रहेको छ ।

त्यसपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिने जनाइएको छ । आजै सुझाव पेशको चरण सकिएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । गत आइतबारदेखि महाधिवेशन राजधानीस्थित प्रज्ञा भवन, कमलादीमा सुरु भएको हो ।

२०७८ पुष १५, बिहीबार २१:५७ गते 0 Minutes 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।